Winamp windows Media Player Real Player QuickTime

नेपालले आज युगाण्डाको सामना गर्ने

१६ वैशाख
वर्मुडामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा आज नेपालले आफ्नो दोश्रो खेलमा युगाण्डाको सामना गर्दैछ । खेल समर सेट क्रिकेट मैदानमा वेलुका सवा ७ वजेपछि हुने छ ।  नेपाललाई अघिल्लो चरण प्रवेशका लागी युगाण्डालाई जित्नै पर्ने हुन्छ ।  आफ्नो पहिलो खेलमा अमेरिकासंग ९४ रनको अन्तरले पराजीत भएपछि नेपाल दवावमा देखिएको हो । बर्मुडाको समर सेट मैदानमा गयराती अमेरिकाले दिएको ३ सय ६७ रनको लक्ष्य पच्छयाएको नेपाल एक बल बाँकी छदै २ सय ७२ रनमा अलआउट भयो । उता
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुई वटा खेल हुदैछ । पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स वैंग्लौर तथा दोश्रो खेलमा मुम्वई इन्डियन्स र किग्स इलेभेन पञ्जावबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल अपरान्ह सवा चार वजेपछि तथा दोश्रो खेल वेलुका सवा ८ वजेपछि सुरु हुनेछ । ९ खेल खेल्दै १२ अंक जोडेको वैग्लोर दोश्रो स्थानमा छ भने वैंग्लौर भन्दा एक खेल कम खेलेको राजस्थानको १० अंक छ उ तेश्रो स्थानमा छ । त्यस्तै आठ खेलबाट १० अंक जोडेको मुम्वई चौथो तथा समान खेलबाट ८ अंक जोडेको पञ्जाव छैटौ स्थानमा छ ।
 

  • Program on air
  • Program Name: Bani Bahas
  • Program Host: Rishi Dhamala
  • Time duration: 06:30 AM-07:00 AM
  • Next Program
  • Program Name: Arpan Local News
  • Program Host: News Desk
  • Time duration: 07:00 AM-07:15 AM

Local News

Political News

International News

Sports News