Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा चेन्नेई र पुने भिड्र्दै,,मुम्वईद्धारा पञ्जाव पराजीत

वैशाख १७
धु्रवराज खनाल
इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा आज एक मात्र खेल हुदैछ । वेलुका सवा आठ वजेपछि हुने खेलमा शीर्ष स्थानमा रहेको चेन्नेई सुपर किग्स र अन्तिम स्थानमा रहेको पुने वारियर्सबीच प्रतिस्पर्धा हुने छ । ९ खेलमा ७ मा जीत हात पारेको चेन्नेईको  १४ अंक छ भने समान खेल खेलेको पुनेले २ मा जीत दर्ता गरेको छ उसको ४ अंक छ ।  यस अघि गयराती सम्पन्न भएको खेलमा मुम्वर्ई इन्डियन्सले किग्स इलेभेन पञ्जावमाथी ४ रनको रोमाञ्चक जीत दर्ता गरेको छ । मुम्वईले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको पञ्जावले निर्धारित ओभरमा अल आउट हुँदै १ सय ७० रन मात्र वनाउन सक्यो । पञ्जावका लागी डेविड मिलरले अर्धसतकिय पारी खेलेपनि अन्य व्याट्सम्यान चल्न नसक्दा हार व्यहोर्न वाध्य भयो । पञ्जावको व्याटिङ लाईन ध्वस्त पार्ने क्रममा हरवजन सिंहले ३ ,मिचेल जोनसन,धवल कुलकर्नी र प्रज्ञान ओझाले समान २÷२ तथा लासिथ मालिङ्गाले एक विकेट लिए । टस जितेर पहिले व्याटिङ गरेको मुम्वईले २० ओभरको खेलमा मात्र ३ विकेटको नोक्सानीमा १ सय ७४ रन वनाएको थियो । मुम्वईको जीतमा रोहित शर्माले ७९ तथा किरोन पोलार्डले २० रनको योगदान दिर्दै नट आउट रहे । हिजै भएको पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स वैंग्लौरलाई ४ विकेटले पराजीत गरेको थियो ।
 

Local News

Political News

International News

Sports News