Winamp windows Media Player Real Player QuickTime

विश्व क्रिकेट लिग डिभिजन ३ को दोस्रो खेलमा पनि नेपाल पराजित

बैशाख १७
बर्मुडामा जारी विश्व क्रिकेट लिग डिभिजन ३ को दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । गएराती भएको खेलमा नेपाल युगाण्डासँग ६ विकेटले पराजित भएको हो । विश्वकप क्रिकेटको छनौट खेल पक्का गर्न युगाण्डालाई हराउनैपर्ने दवावमा रहेको नेपाली टोली युगाण्डा सामु निरिह भएको हो । युगान्डालाई दिएको १ सय १७ रनको झिनो लक्ष्यलाई युगाण्डाले २७ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । रोगर मुकासाको अभिजित ४९ रनको सहयोगमा युगाण्डाले सहज जित आत्मसात गरेको हो । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ४४.२ ओभरमै १ सय १६ रनमा समेटिएको थियो । लगातार दोश्रो हार व्यहोरेपछि अघिल्लो चरण प्रवेशका लागी नेपालको सम्भावना कठिन वनेको छ । पहिलो खेलमा पनि नेपाल अमेरिकासँग पराजीत भएको थियो ।  भोली नेपालले बर्मुडाको सामना गर्नेछ ।
 
 
 

Local News

Political News

International News

Sports News