Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा आज पनि दुई खेल,,दिल्लीले कोलकत्तालाई हरायो

बैशाख १९
धु्रवराज खनाल,रेडियो अर्पण

इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुदैछ । अपरान्ह सवा चार वजे हुने पहिलो खेलमा शीर्ष स्थानमा रहेको चेन्नेई सुपर किग्स र छैटौ स्थानमा रहेको किग्स इलेभेन पञ्जावबीच प्रतिस्पर्धा हुनेछ । चेन्नेईको १० खेलमा ८ खेल जित्दै १६ अंक छ भने चेन्नेई भन्दा एक खेल कम खेलेको पञ्जावले ४ मा जीत हात पार्दै ८ अंक जोडेको छ । चेन्नेई आजको खेल पनि जित्दै दोश्रो स्थानमा रहेको वैंग्लौरसंगको अंक दुरी फराकिलो पार्ने दाउमा रहने छ भने पञ्जाव उसलाई रोक्ने प्रयासमा हुनेछ । त्यस्तै वेलुका सवा आठ वजेपछि हुने दोश्रो खेलमा पुने वारियर्सले दोश्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स वैंग्लौरको सामना गर्दैछ ।१० खेलमा ६ मा जीत हात पारेको वैंग्लौरको १२ अंक छ भने पुनेले समान खेल खेल्दै मात्र ४ अक वटुलेको छ उ पुछारमा छ । पुनेलाई हराउँदै वैंग्लौर शीर्ष स्थानमा रहेको चेन्नेईसंग अंक दुरी छोट्याउने कोसिसमा रहने छ पुने भने प्रतियोगितामा तेश्रो जीतको खोजीमा हुने छ । यस अघि गयराती सम्पन्न भएको खेलमा दिल्ली डेयर डेविल्सले कोलकत्ता नाईट राईडर्सलाई ७ विकेटले पराजीत गरेको थियो । कोलकत्ताले जीतका लागी दिएको १ सय ३७ रनको लक्ष्य १३ वल वाँकी छँदा मात्र ३ विकेटको क्षतीमा पुरा गर्यो । दिल्लीका लागी डेविट वानरले नट आउट ६६ रनको योगदान दिए । टस जितेर पहिले व्याटिङ गरेको कोलकत्ताले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन वनाएको थियो । कोलकत्ताका लागी कुनै पनि व्याट्सम्यानले ३० रनको आंकडा वनाउन सकेनन् । हिजै भएको पहिलो खेलमा मुम्वई इन्डियन्सलाई सन राईजर्स हैदरावादले ७ विकेटले पराजीत गरेको थियो ।
 

  • Program on air
  • Program Name: Arpan Samachar
  • Program Host: News Desk
  • Time duration: 02:00 PM-02:15 PM
  • Next Program
  • Program Name: Arpan Samarpan
  • Program Host:
  • Time duration: 02:15 PM-03:00 PM

Local News

Political News

International News

Sports News