Winamp windows Media Player Real Player QuickTime

नेपालले बर्मुडलाई हरायो

बैशाख १९
आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपाल पहिलो जित दर्ता गरेको छ । लगातार दुई हार व्यहोरेको नेपालले गयराति भएको खेलमा आयोजक बर्मुडालाई ८ विकेटले पराजित गरेको हो । जितसगै नेपालको शीर्ष दुईमा पर्दै डिभिजन २ मा उक्लने गणितीय सम्भावना कायमै छ ।
घरेलु मैदान सेन्ट डेभिड्स टस हारेर पहिले व्याटिङको निम्तो पाएको बर्मुडा ३८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रनमा समेटियो । उसलाई सस्तैमा समेट्ने क्रममा कप्तान पारस खड्काले ४ तथा वसन्त रेग्मीले ३ विकेट लिएका थिए ।
बर्मुडाले दिएको १०६ रनको लक्ष्यलाई नेपालले ११ ओभर २ बल खेल्दै २ मात्र २ विकेटको क्षतीमा पूरा गर्यो । नेपालका तर्फबाट कप्तान पारस खड्काले नटआउट ४६ रन बनाए । अलराउण्ड प्रदर्शन गरेका पारस म्यान अफ द म्याच भए । नेपाल यस अघि अमेरिका र युगाण्डासित पराजीत भएको थियो । आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।


  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News