Winamp windows Media Player Real Player QuickTime

नेपाल आईसीसी विश्व क्रिकेटको डिभिजन २ मा बढुवा

२२ वैशाख
नेपाल आईसीसी विश्व क्रिकेटको डिभिजन २ मा बढुवा भएको छ । गएराति भएको खेलमा नेपालले इटाली र बर्मुडाले अमेरिकालाई हराएपछि नेपाल डिभिजन २ मा बढुवा भएको हो । समूह चरणको अन्तिम खेलमा नेपालले इटालीलाई ८ विकेटेले हराएको हो । टस हारेर ब्याटिङ गरेको इटालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदा १ सय २७ रन मात्र बनाएको थियो । जवाफी ब्याटिङ थालेको नेपालले १ सय २८ रनको लक्ष १४ दशमलव ३ ओभर खेल्दा २ विकेट को क्षतिमा पुरा ग¥यो । नेपालका लागि सुबास खकुरेलले अभिजित ४७, प्रदिप ऐरी ४२, पारस खड्काले २२ तथा ज्ञानेन्द्र मल्लले अभिजित १० रनको योगदान दिएका थिए । त्यस्तै इटालीलाई सस्तैमा समेट्ने क्रममा राहुल विश्वकर्मा र संजम रेग्मीले समान तीन ३ तथा शक्ति गौचनले २ र बसन्त रेग्मीले एक विकेट लिए । गएरातिकै खेलमा आयोजक बर्मुडाले अमेरीकालाई हराउँदा नेपाललाई अघिल्लो चरणको ढोका खुलेको हो ।  अमेरीकाले दिएको २२१ रनको विजयी लक्ष्य बर्मुडाले ४४ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदा पुरा गरेको थियो । नेपाल डिभिजन २ मा उक्लिएसंगै सन् २०१४ मा आयोजना हुने ५० ओभरको विश्वकपको छनौट खेल खेल्न पाउने भएको छ । न्युजिल्यान्डमा आयोजना हुने १० देश विचको विश्वकप छनौट खेलमा उत्कृष्ट दुईमा अटाए नेपाली टोलीले सन् २०१५ को विश्वकपमा सहभागीता जनाउन पाउनेछ ।

 

  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News