Winamp windows Media Player Real Player QuickTime

१९ वर्ष मुनिको क्रिकेटमा नेपाल समुह विजेता

२५ वैशाख
धुर्वराज खनाल 
मलेसियामा जारी १९ वर्र्षमुनीको एसिसी एलिटकप क्रिकेटमा नेपाल समुह विजेता वन्दै सेमीफाईनलमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार जित हात पार्ने क्रममा समुह चरणको अन्तिम खेलमा नेपालले आज मलेसियालाई ७ विकेटले पराजीत गरेको हो । मलेसिया भने समुह उपविजेता भएको छ । यस अघिनै नेपाल र मलेसिया सेमीफाईनलमा प्रवेश गरिसकेका थिए ।  क्वालालम्पुरको किन्रारा ओभलमा मलेसियाले जीतका लागी दिएको ७० रनको झिनो लक्ष्य पुरा २४ ओभर ४ वल सम्म कुर्नु पर्यो । नेपालका हरिशंकर शाह २८ तथा निर्मल थापा ३ रनमा नट आउट रहे । निश्चल पाण्डे ७ ,अमित मिश्र १० विभत्सु थापा १७ रनको योगदान गर्दै पेभेलियन फर्किए । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २२ दशमलब ४ ओभरमा अलआउट हुदै ६९ रनमात्र जोड्न सक्यो ।मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका अविनाश कर्णले ६, भुवन कार्कीले २, यज्ञमान कुमाल र सुशान्त भारीले १÷१ विकेट लिए ।यस अघि नेपालले कतार, बहराईन र कुवेतलाई फराकिलो अन्तरमा हराएको थियो ।एलिटकप क्रिकेट प्रतियोगिताको नबौ सस्करणसम्म आईपुग्दा नेपालले चार पटक उपाधि हात पारि सकेको छ भने हरेक सस्करणमा नेपाली टोलीले सेमिफाइनल सम्मको यात्रा तय गरेका छन् । एलिट कपको आधारमा युएईबाहेक एक टोलीले अण्डर–१९ बिश्वकप खेल्न पाउनेछ । युएई आयोजकको हिसाबले स्वत अण्डर–१९ बिश्वकप क्रिकेट प्रतियोगिताको लागि छनोट भइसकेको छ ।
 

Local News

Political News

International News

Sports News