Winamp windows Media Player Real Player QuickTime

नेपाल सेमीफाईनलबाट वाहिरियो,,तेश्रो स्थानका लागी मलेसियासंग खेल्ने

२७ वैशाख
नेपाल १९ वर्र्षमुनिको एसिसी एलिट कप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ । युएईसग भएको प्रतिस्पर्धामा नेपाल ७६ रनले पराजित हुदै फाइनल प्रवेशबाट बञ्चित भएको छ । मलेसियाको वायूमास ओभल मैदानमा जितका लाग २ सय ७२ रनको लक्ष्य पछयाएको नेपाल ४६ दशमलव एक ओभरमा अल आउट हुदै १ सय ९५ रनमा समेटियो । नेपालका हरिशंकर साहले ५२ तथा भुवन कार्कीले ४१ रनको योगदान गरे पनि त्यो जितका लागि पर्याप्त भएन ।नेपालका निर्मल थापा २३ रनमा आउट भए भने अनिल कर्ण १९ रनमा नट आउट रहे । अमित श्रेष्ठ १२, पवन श्रेष्ठ ८, प्रेम तामाङ ६, सुसान भारी ५, यज्ञमान कुमाल ४ तथा विभत्सु थापा ३ रनमा आउट भए ।ओपनर निश्चल पाण्डे ३ बलमात्र खेल्दै खाता नै नखोली आउट भएपछि नेपाल दवावमा परेको थियो ।यसअघि पहिले व्याटिङ गरेको यूएईले सोर्य चोप्राको १ सय १४ रनको मद्यतले  ७ विकेटको क्षतिमा २ सय ७१ रन बनायो । नेपालका लागि अविनाश कर्णले तीन, भुवन कार्की, यज्ञमान कुमाल, निश्चल पाण्डे र सुसान्त भारीले एक एक विकेट लिए ।युएईले उपाधिका लागि अफगानिस्तनसग प्रतिस्पर्धा गर्ने छ । नेपालले भने तेश्रो स्थानका लागि मलेसियासग शनिबार खेल्ने छ ।

 
  • Program on air
  • Program Name: नेपालवाणी समाचार
  • Program Host:
  • Time duration: 06:00 PM-06:30 PM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM

Local News

Political News

International News

Sports News