Winamp windows Media Player Real Player QuickTime

च्याम्पियन्स ट्रफी क्रिकेटमा आज पाकिस्तान र वेष्ट इन्डिज भिड्दै

जेठ २४
धुर्वराज खनाल
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज पाकिस्तान र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समय अनुसार दिउसो सवा ३ वजेपछि ओभलमा सुरु हुनेछ । पाकिस्तान मिसवहा उलहकको कप्तानीमा मैदानमा उत्रने छ भने वेष्ट इन्डिजको नेतृत्व भने ड्यन ब्राभोले सम्हाल्नेछन् । यस अघि गयराती सम्पन्न भएको खेलमा दक्षिण अफ्रिकालाई २६ रनले पराजीत गर्दै भारतले विजयी सुरुवात गरेको छ । इंग्ल्याण्डको कार्डिफमा जीतका लागी ३ सय ३२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा पुरै विकेट गुमाएर मात्र ३ सय ५ रन वनायो । उसका लागि रायन म्याकलरेनले ७१, एबि डी भिलिइर्सले ७०, तथा रोबिन पिटरसनले ६८ रन बनाएपनि टिमको हार टार्न सकेनन् । पहिले व्याटिङ गरेको भारतका लागि शिखर धावनले सर्वाधिक एकसय १४ रन बनाए । यस्तै रोहित शर्माले ६५, रविन्द्र जडेजाले ४७ रन बनाए । जितसँगै भारतको दुई अंक भएको छ ।
 

  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News