Winamp windows Media Player Real Player QuickTime

च्यापियन्स ट्रफी क्रिकेटमा अष्टे«ेलिया र इङ्ल्याण्ड भिड्दै

जेठ २५
धु्रवराज खनाल
आईसीसी च्यापियन्स ट्रफी क्रिकेटमा आज अष्टे«ेलिया र घरेलु टोली इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समय अनुसार इङ्ल्याण्डको बर्मिनघममा अपरान्ह साँढे तीन वजेपछि सुरु हुनेछ । दुवै टिम प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा रहनेछन् ।  अष्ट्रेलिया माईकल क्लार्कको कप्तानीमा मैदानमा उत्रने तयारीमा छ भने इङ्ल्याण्ड इलिस्टर कुकको नेतृत्वमा खेल्ने छ । यस अघि गयराती सम्पन्न भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजीत गर्दै वेष्टइन्डिजले विजयी सुरुवात गरेको छ। जीतका लागी पाएको १ सय ७१ रनको झिनो लक्ष्य वेष्ट इन्डिजले ५६ वल वाँकी छदै पुरा गर्यो । वेष्ट इन्डिजका लागी क्रिस गायलले ३९,मरलोन स्यामुल्स र किरोन पोलार्ड ले समान ३०÷३० रनको योगदान दिए । यस अघि पहिले व्याटिङ गरेको पाकिस्तानले ४८ ओभरमा अल आउट हुदै १ सय ७० रन मात्र वनाएको थियो । पाकिस्तानका लागी कप्तान मिसवहा उलहकले ९६ तथा नासिर जमसेदले ५० रनको योगदान दिए पनि हार टार्न सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा सुनिल नारिनी र केमर रोचले समान ३÷३ विकेट लिए । जीतपछि वेष्ट इन्डिजले २ अंक जोडेको छ ।
 

  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News