Winamp windows Media Player Real Player QuickTime

च्याम्पियन्स ट्रफीमा आज अष्टेलिया र श्रीलंका भिड्ने,,इङ्ल्याण्ड सेमीफाईनलमा

असार ३ गते
धु्रवराज खनाल
च्याम्पियन्स ट्रफी क्रिकेटमा आज अष्टे«ेलिया र श्रीलंका भिड्ने भएका छन् । समुह ए अन्र्तगत आज हुने खेलले सेमीफाईनलमा पुग्ने दोश्रो टोलीको टुङ्गो लाग्नेछ । न्युजिल्याण्डको ३ अंक रहेकाले आजको खेल जितेमा श्रीलंका सेमीफाईनलमा प्रवेश गर्नेछ भने अष्टे«लियाले जितेको खण्डमा न्युजिल्याण्ड स्वत अन्तिम चारमा पुग्नेछ । श्रीलंकाको २ अंक छ भने अष्ट्रेलियाको एक अंक मात्र छ । ओभलमा हुने खेल नेपाली समय अनुसार साँझ ६ वजेपछि सुरु हुनेछ । यस अघि गयराती सम्पन्न भएको खेलमा न्युजिल्याण्डलाई १० रनले हराउँदै आयोजक इङ्ल्याण्ड भने सेमीफाईनलमा प्रवेश गरेको छ ।  वर्षाका कारण प्रभावित भएको खेल २४ ओभरमा झारेर खेलाईएको थियो । जीतका लागी पाएको १ सय ७० रनको लक्ष्य न्युजिल्याण्डले ८ विकेटको क्षतीमा मात्र १ सय ५९ रन वनाउन सक्यो । न्युजिल्याण्डका लागी केन विलिम्सनले ६७ रनको योगदान गरेपनि त्यो जीतका लागी पर्याप्त हुन सकेन । इङ्ल्याण्डका जेम्स एण्डरसनले ३,टिम व्रेस मेन र रवि बोपाराले समान २,२ तथा स्टुआर्ट ब्रोर्डले एक विकेट लिए । यस अघि पहिले व्याटिङ गरेको इङ्ल्याण्डका कप्तान एलिस्टर कुकको ६४ रनको मद्यतले ३ वल वाँकी छदै पुरा विकेटको नोक्सानीमा १ सय ६९ रन वनाएको थियो ।त्यस्तै जोय रुटले ३८ रन वनाएपनि अन्य व्याट्सम्यानहरु चल्न सकेनन।
 

  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News