Winamp windows Media Player Real Player QuickTime

कन्फेडेरेसन कपको उपाधी व्राजिललाई

१७ असार
कन्फेडेरेशन कप फुटवलको उपाधि ब्राजिलले जितेको छ । आज विहान रियो द जेनेरियोको स्तादियो माराकानामा भएको खेलमा घरेलु टोली ब्राजिलले स्पेनलाई ३–० ले हराउँदै उपाधिमा ह्याट्रीक गरेको हो । खेलको दोश्रो मिनेटमा नै फ्रेडको गोलबाट अग्रता लिएको ब्राजिलका लागि नेमारले ४४ मिनेट गोल गर्दै २–० को अग्रता दिलाए । दोश्रो हाफ सुरु भएको दुई मिनेट पछि नै फ्रेडले अर्को गोल गर्दै टिमलाई स्पष्ट जित दिलाए । ब्राजिलले स्पेनको लगातार २९ औं खेलसम्म अपराजित यात्रामा पनि पूर्णविराम लगाइदिएको छ । खेलमा स्पेनले गोल गर्ने धेरै प्रयास बिफल भएका थिए । स्पेनले दोश्रो हाफमा पाएको पेनाल्टी पनि सर्जियो रामोसले मिस गरेका थिए । हारसंगै पहिलो पटक उपाधि जित्ने स्पेनको सपना सफल हुन सकेन ।  ब्राजिलले उरुग्वेलाई र स्पेनले इटलीलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।यसैबीच आइतबार राति तेश्रो स्थानका लागि भएको खेलमा इटलीले उरुग्वेलाई हराएको छ ।
 

Local News

Political News

International News

Sports News