Winamp windows Media Player Real Player QuickTime

त्रिदेशीय क्रिकेटमा वेष्टइन्डिजको लगातार दोश्रो जीत

१७ असार
त्रिदेशीय क्रिकेट श्रृंखला अन्तरगत आइतबार रातिको खेलमा  भारत वेष्ट इन्डिजसंग १ विकेटले पराजित भएको छ । भारतले दिएको २ सय २९ रनको लक्ष्य वेष्ट इन्डिजले ९ विकेटको क्षतिमा ४७ दशमलब ४ ओभर खेलेर भेट्टायो । वेष्ट इन्डिजका जोनसन चार्लेले ९७, ड्यारेन ब्राभोले ५५ र ड्यारेन साम्मीले २९ रन बनाए ।भारतका लागि उमेश यादवले तीन विकेट लिएपनि त्यो जितका लागि पर्याप्त भएन । भारतका रविचन्द्रन आश्विन र इसान्त शर्माले समान दुइ दुई  तथा  सुरेश रैना र भुवनेश्वर कुमारले समान एक÷एक विकेट लिए ।टस हारेर पहिले व्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय २९ रन मात्र बनाउन सक्यो ।उसका लागि रोहित शर्माले ६०, सुरेस रैनाले ४४, महेन्द्रसिंह धोनीले २७ रन जोड्नु बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । वेष्ट इन्डिजका लागि केमर रोच, टिनो बेष्ट र ड्यारेन साम्मीले समान दुई दुई विकेट लिए । वेष्ट इन्डिजको यो लगातार दोश्रो जीत हो ।  यसअघि उसले श्रीलंकालाई पराजित गरेको थियो । त्रिदेशीय क्रिकेट श्रृंखलामा भोली बेलुकी भारत र श्रीलंका भिड्नेछन् ।
 

Local News

Political News

International News

Sports News