Winamp windows Media Player Real Player QuickTime

नेपालको लगातार दोश्रो हार,अघिल्लो चरण कठिन

४ भदौ
धु्रवराज खनाल
एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले लगातार दोश्रो हार व्यहोरेको छ । पहिलो खेलमा अफगानिस्तानसंग पराजीत भएको नेपाल आज भएको दोश्रो खेलमा भारतको २३ वर्षमुनीको टोलीसँग ८४ रनले पराजित भएको हो । हारसँगै नेपालको अघिल्लो चरण प्रवेश कठिन भएको छ । भारतले प्रस्तुत गरेको २ सय ६९ रनको लक्ष्य पछयाएको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८४ रन मात्र बनाउन सक्यो । अन्तिम क्रमका व्याट्सम्यान सागर पुनले अर्धसतकिय पारी खेलेपछि नेपाल लज्जास्पद हारबाट जोगिएको हो । सागरले ६१ वलमा ७ छक्का प्रहार गर्दै नट आउट ५२ रनको योगदान दिए । त्यस्तै सुवास खकुरेलले २९,अनिल मण्डलले १९,ज्ञानेन्द्र मल्लले १८,शक्ती गौचनले नट आउट १४ र कप्तान पारस खड्काले १२ रन जोडे । यसअघि टस हारेर पहिले व्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ६८ रन बनाएको थियो  । इण्डियन प्रिमियर लिग आईपीएल खेलेका खेलाडीहरुको बाहुल्य रहेको भारतीय टोलीका सामू नेपाली बलरहरु निरिह देखिएका थिए ।भारतका लागि लोकेश राहुलले सर्वाधिक ८८ रन बनाए । उनले उन्मुक्त चन्दसँग पहिलो विकेटका लागि १ सय १८ रनको ओपनिङ साझेदारी गरेका थिए । चन्द पहिलो विकेटका रुपमा व्यक्तीगत ६१ रनमा आउट भए । सूर्यकुमार यादवले ६५ रन बनाए भने अंकित वार्नेले २५ रन जोडे ।नेपालका लागि बसन्त रेग्मीले १० ओभरमा ९० रन दिएर ३ विकेट लिए भने अभिनाश कर्ण  र शक्ती गौचनले समान १–१ विकेट लिए । अघिल्लो चरणमा प्रवेशका लागी अव नेपालले पाकिस्तानसंगको खेल जित्नु पर्ने हुन्छ भने भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले हराउनु पर्छ ।
 

  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News