Winamp windows Media Player Real Player QuickTime

अष्टे«लिया विजयी,,आरोन फिन्चको किर्तिमानी

भदौ १४
अष्ट्रेलियाका व्याट्सम्यान आरोन फिन्चले ट्वान्टी ट्वान्टी क्रिकेटमा एक ईनिङमा सर्वाधिक रन बनाएर विश्व किर्तिमान राखेका छन् । आज विहान इंग्ल्याण्ड विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेटमा उनले मात्र ६३ बलमा १ सय ५६ रन बनाएर विश्वकिर्तिमान बनाएका हुन् । यसअघि बेण्डन म्याकुलमको १ सय २३ रन नै टी ट्वान्टी क्रिकेटमा सर्वाधिक रन थियो । आरोनले १४ छक्का र ११ चौकाको मद्यतले १ सय ५६ रन बनाए ।टस जितेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले ६ विकेटको क्षतिमा २ सय ४८ रन बनायो । जवाफी व्याटिङ थालेको घरेलु टोली इंग्ल्याण्ड ६ विकेटकै क्षतिमा २ सय ९ रनमा समेटियो । उसका लागि जोय रुटले ४९ बलमा नट आउट ९० रन बनाएपनि त्यो जितका लागि प्रयाप्त भएन ।३९ रनको जितसँगै दुईम्याचको श्रृंखलामा अष्ट्रेलिया एक सून्यको अग्रता बनाएको छ ।दोश्रो ट्वान्टी ट्वान्टी भने भोली चेस्टर लि स्ट्रीटमा हुदै छ ।  
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 07:00 AM-07:15 AM
  • Next Program
  • Program Name: शुभ विहानी
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 07:15 AM-07:30 AM

Local News

Political News

International News

Sports News