Winamp windows Media Player Real Player QuickTime

डर्वी भिडन्त आज

६ असोज
इंग्लिस प्रीमियर लिग फुटबलमा आज म्यानचेष्टर डर्बी भिडन्त हुँदैछ । खेल म्यानचेष्टर सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा हुनेछ । डर्बी भिडन्तमा सिर्टीका प्लेमेकर डेभिड सिल्भा खेल्ने अपेक्षा गरिएको छ । थाइको चोटका कारण उनी मैदान बाहिर थिए । म्यानचेष्टर युनाइटेडका ड्यानी बेलब्लेक भने घुँडाको चोटका कारण खेल्नमा आशंका छ ।युनाइटेडका प्रशिक्षक डेभिड मोएज र सिटीका प्रशिक्षक म्यानुअल पेलेग्रिनी दुबैको यो पहिलो डर्बी भिडन्त हो । त्यसैले पनि दुबै प्रशिक्षक जितका साथ प्रीमियर लिगको उपाधिका लागि बलियो दावेदरी प्रस्तुत गर्ने प्रयासमा हुनेछन् ।रोविन भानपर्सी र वायन रुनी युनाइटेडका मुख्य गोल स्कोरर हुन् । तर, सिटीले अहिलेसम्म घरेलु मैदानमा भएको पछिल्लो ५२ खेलमा गोल गरेको छ ।
प्रीमियर लिगको डर्बी भिडन्तमा युनाइटेडले ५९ खेल जितेको छ भने ४० खेल सिटीको पक्षमा गएको छ । ४९ खेल भने बराबरीमा सकिएको छ । कुल भेट भने १ सय ६५ पटक भएको छ । जसमा युनाइटेडले ६९ र सिटीले ४६ खेल जितेको छ । ५० खेल भने बराबरीमा सकिएको छ ।गत सिजन सिटीको घरेलु मैदानमा भएको खेलमा युनाइटेड विजयी भएको थियो भने वल्र्ड ट्राफर्डमा सिटीले जित निकालेको थियो । २०११ मा ४४ वर्षपछि च्याम्पियन बन्ने क्रममा भने सिटीले युनाइटेडलाई उसको घरेलु मैदानमा ६–१ को जित निकालेको थियो । यसअघि १९२६ मा युनाइटेडले सिटीलाई ६–१ कै अन्तरमा हराएको थियो, जुन ठूलो अन्तरको जित हो ।

 
  • Program on air
  • Program Name: ॐ ब्रम्ह सन्देश/प्रवचनमाला
  • Program Host:
  • Time duration: 04:00 AM-05:00 AM
  • Next Program
  • Program Name: प्रभात वाणी
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 5:30 AM-5:55 AM

Local News

Political News

International News

Sports News