Winamp windows Media Player Real Player QuickTime

विश्वकप छनौट खेल

२९ असोज
अर्काे बर्ष ब्राजिलमा हुने विश्वकप फुटबलको छनौटको लागी आज २६ वटा खेलहरु हुदैछन् ।  आज हुने महत्वपुर्ण खेलहरु मध्य ईग्ल्याण्ड विरुद्ध पोल्याण्ड, ईजरायल विरुद्ध उत्तरी आयरल्याण्ड, रिपब्लीकन आयरल्याण्ड विरुद्ध कजाकिस्तान, बेल्जीयम विरुद्ध वेल्स र स्कटल्याण्ड विरुद्ध क्रोएसिया का खेलहरु महत्वपुर्ण रहेका छन् । पोल्याण्डलाई ईग्ल्याण्डले पराजित गरे ईग्ल्याण्डको विश्वकप खेल्ने पक्का हुने छ । परम्परागत प्रतिद्वन्द्वी पोल्याण्ड विरुद्धको खेल जितेमा इंग्ल्याण्ड अर्को वर्ष ब्राजिलमा हुने विश्वकपका लागि छनोट हुनेछ । यो खेलमा बराबरी वा पराजित भए इंग्ल्याण्डले विश्वकपमा छनोट हुन समुहको अर्को खेलको नजिता कुनुपर्ने हुन्छ । अर्को खेलमा युक्रेन र सान मारिनो भिड्ने छन  । तुलनात्मक रुपमा कमजोर मानिएको सान मारिनो विरुद्धको खेलमा युक्रेन विजयी हुने अनुमान गरिएकाले इंग्ल्याण्डमाथि आज जित्नैपर्ने दबाब छ । विश्वकप फुटबलको लागि हालसम्म १४ वटा टोलीको टुंगो लागिसकेको छ ।
 

  • Program on air
  • Program Name: वाणी बहस
  • Program Host: ऋषि धमला
  • Time duration: 6:30 AM-7:00 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 07:00 AM-07:15 AM

Local News

Political News

International News

Sports News