Winamp windows Media Player Real Player QuickTime

नेपालको जीत

कात्तिक ५
विश्वकप ट्वेन्टी ट्वेन्टी छनोटको तयारीका लागि अभ्यास खेल खेल्न भारत गएको नेपाली क्रिकेट टोलीले पहिलो जित हात पारेको छ । आज भएको दोस्रो अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसन डिडिसिएको २५ बर्ष मुनिको टोलीलाई ३६ रनले हराएको हो ।  यो सँगै नेपाली टोलीले अघिल्लो दिन बेहोरेको हारको बदला पनि लिएको छ । नेपालले दिएको १ सय ४९ रनको लक्ष्य पच्छ्याएको डिडिसिए निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रनमा समेटिन पुग्यो । डिडिसिएलाई १ सय १२ रनमा समेट्ने क्रममा नेपालका सागर पुनले ४ तथा बसन्त रेग्मीले ३ विकेट हात पारे ।यसअघि फिरोज शाह कोटला दिल्लीमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले ८० रन जोडेका थिए । यसअघि हिजो भएको पहिलो अभ्यास खेलमा डिडिसिए को २५ बर्ष मुनिको टोलीसँग नेपाल ४ विकेटले पराजित भएको थियो ।
 

  • Program on air
  • Program Name: लोक झन्कार
  • Program Host: सुर्य ढकाल
  • Time duration: 9:15 AM-10:00 AM
  • Next Program
  • Program Name: अर्पण समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News