Winamp windows Media Player Real Player QuickTime

्सौराहामा भोली देखी १० औ अञ्चल स्तरीय तेक्वान्दो प्रतियोगिता हुदै ,,आठ जिल्लाका एक सय ८० खेलाडी उ

२४ फागुन
चितवनको पर्यटकीय नगरी सौराहामा भोलीदेखि औ अञ्चल स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । सौराहा तेक्वान्दो डोजाङ्ग र सरिता सौराहा तेक्वान्दो डोजाङ्गको सयुक्तआयोजनामा फागुन २५ र २६ गते सौराहाको फुडफेस्टिबल परिसरमा प्रतियोगिता हुने आज पत्रकार सम्ेमलन मार्फत जानकारी दिएको छ ।चितवनको तिन टिम, बारा पर्सा, रौतहट, मकवानपुर, गोरखा, रुपन्दही र नवलपरासीका एक–एक टिम गरी जम्मा १८० जना खेलाडीले प्रतियोगितामा भाग लिने प्रतियोगिताका संयोजक एवं सौराहा तेक्वान्दो डोजाङ्गका प्रमुख प्रदिप श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिताका विजेतालाई शिल्ड, मेडल, पुस्कारसहित प्रमाणपत्र प्रदान गरिने सौराहा तेक्वान्दो डोजाङ्गका साहायक प्रमुख मनोज सुनारले जानकारी दिनु भयो । साथै सोही अवसर पारेर सौराहा डोजाङ्गबाट राष्ट्रिय र अन्तराष्ट्रियस्तर तेक्वान्दो खेलमा पदक विजेता मनोज सुनार, अरुण अधिकारी र हरि थापा खेलाडीहरुलाई सम्मान समेत गरिने प्रतियोगिताका सह–संयोजक गोपाल  श्रेष्ठले वताए ।
 

  • Program on air
  • Program Name: लोक झन्कार
  • Program Host: सुर्य ढकाल
  • Time duration: 9:15 AM-10:00 AM
  • Next Program
  • Program Name: अर्पण समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News