Winamp windows Media Player Real Player QuickTime

वेष्ट इन्डिज विजयी

२ चैत
जिम्बाबे विरुद्धको पहिलो टेष्टमा वेष्ट इण्डिज ९ विकेटले विजयी भएको छ । पहिलो टेष्टको पाँचौ दिन ११ रनको झिनो लक्ष्य पछयाएको वेष्ट इण्डीजले १ विकेट गुमाएर लक्ष्य पार गर्यो । जितसगै जिम्बाबे विरुद्धको दुइ टेष्टको श्रृंखलामा वेष्ट इण्डीज १ शुन्यले अगाडी रहेको छ । यस अघि पहिलो पारीमा जिम्बाबेले २ सय ११ र दोश्रो पारीमा १ सय ७ रन बनाएको थियो । वेष्ट इण्डीजले पहिलो पारीमा ३ सय ७ रन बनाएको थियो । जिम्बाबे विरुद्ध जित दर्ता गर्ने क्रममा वेष्ट इण्डीजका सेन सिलिङ फोर्ड एक्लैले ६ विकेट लिएका थिए ।  उता
इंग्ल्याण्ड विरुद्धको दोश्रो टेष्टमा न्युजिल्याण्डले कमजोर सुरुवात गरेको छ । आज दोश्रो दिन पहिलो पारी शुरु गरेको न्युजिल्याण्डले दिनको खेल सकिदा ३ विकेटको नोक्सानीमा ६६ रन बनाएको छ । यस अघि इंग्ल्याण्डले आफ्नो पहिलो पारीमा ४ सय ६५ रन बनाएको छ । इंग्ल्याण्डका जोनाथन ट्रटले सतकीय पारी खेल्दै १ सय २१ र निक कम्प्टनले १ सय रनको योगदान दिएका छन । यस्तै म्याट प्रियरले ८२ र केभिन पिटरसनले ७३ रन बनाएका छन । यी दुइ विचको पहिलो टेष्ट बराबरीमा सकिएको थियो ।  
 
 

Local News

Political News

International News

Sports News