Winamp windows Media Player Real Player QuickTime

दोश्रो टेष्टमा श्रीलंका विजयी

६ चैत
वंगलादेश विरुद्धको दोश्रो टेष्ट क्रिकेटमा श्रीलंका ७ विकेटले विजयी भएको छ । जीतसंगै घरेलु टोली श्रीलंकाले दुई टेष्टको श्रृङ्खला १–० ले आफ्नो पक्षमा पारेको छ । कोलम्वोमा जीतका लागी पाएको १ सय ६० रनको झिनो लक्ष्य घरेलु टोलीले एक दिन वाँकी छदै मात्र ३ विकेटको क्षतीमा पुरा गर्यो । श्रीलंकाको जीतमा दोश्रो पारीमा तिलकरत्ने दिलसानले ५७ तथा कुमार सांगाकाराले ५५ रनको योगदान दिए । दोश्रो पारीमा वंगलादेशलाई सस्तैमा समेट्ने क्रममा रंगना हेरथ एक्लैले ७ विकेटले लिए ।  वंलादेशलाई पहिलो पारीमा २४० तथा दोश्रो पारीमा २६५ रन वनाएको थियो । श्रीलंकाले भने पहिलो पारीमा ३४६ रन जोडेको थियो । पहिलो पारीमा श्रीलंकाका कुमारा सांगाकारा र दिनेश चण्डिमलले सतकिय पारी खेलेका थिए ।  पहिलो टेष्ट क्रिकेट भने वरावरीमा टुङ्ग्एिको थियो ।
 

Local News

Political News

International News

Sports News