Winamp windows Media Player Real Player QuickTime

शहीद स्मारक ए डिभिजन सुपर लिग फुटबल आज दुई खेल हुँदै

१० चैत
शहिद स्मारक ए डिभिजन सुपर लिग फुटबलमा आज लिग लिडर थ्रीस्टारले रानीपोखरी कर्नर टिम आरसीटी भिड्दैछन् ।  त्रिपुरेश्वर स्थित दशरथ रङगशालामा दिउसो साढे ३ बजेपछि हुने खेलमा जित हात पार्दै थ्रीस्टार उपाधी नजिक पुग्न चाहन्छ भने आरसीटी उसलाई रोक्ने प्रयासमा हुनेछ । पहिलो चरणमा भएको भेटमा आरसीटी १–० ले विजयी भएको थियो । थ्रीस्टारको १९ खेलबाट ३९ अंक छ भने सातौं स्थानमा रहेको आरसीटीको २९ अंक छ ।त्यसअघि दिउसो सोढ १ बजेपछि हुने खेलमा मनाङ् मस्र्याङदी र मछिन्द्र क्लब आमने सामने हुनेछन् । उपाधी होड कायमै राख्न मनाङलाई जित्नै पर्ने दबाव छ भने मछिन्द्र पनि जित निकाल्दै उपाधी होडको गणितीय सम्भावना कायमै राख्न चाहन्छ । पहिलो चरणमा भएको भेटमा मच्छिन्द्र २–१ ले विजयी भएको थियो । मनाङको १९ खेलबाट ३४ अंक छ र उ थ्रीस्टारभन्दा ५ अंकले पछि छ भने मच्छिन्द्र ३२ अंकका साथ पाँचौं स्थानमा छ ।
 

  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News