Winamp windows Media Player Real Player QuickTime

ए डिभिजन सुपर लिग स् एनआरटीको उपाधि जित्ने संभावना समाप्त

चैत्र ११
न्यूरोड टिम एनआरटीको सहिद स्मारक ए डिभिजन लिग उपाधि जित्ने संभावना सकिएको छ ।सुपर लिग अन्तर्गत आइतवारको खेलमा नेपाल आर्मीसँग २–१ ले पराजित भएपछि एनआरटीको उपाधि जित्ने संभावना सकिएको हो ।लिगमा अब २ खेल मात्र खेल्न बाँकी रहेको अवस्थामा एनआरटी हारपछि ३५ अंकसहित तालिकाको चौथो स्थानमा झरेको छ । विजेता आर्मी भने ३५ अंकसहित तालिकाको तेश्रो स्थानमा उक्लिएको छ ।पहिलो स्थानमा रहेको थ्रीस्टार क्लवको ४२ तथा दोश्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लवको ३७ अंक छ । यो नतिजापछि पहिलो स्थानमा रहेको थ्रीस्टारलाई नै फाइदा पुगेको छ । अब उपाधिको होडमा उसलाई मनाङले मात्र पछ्याइ रहेको छ ।आर्मीलाई जिताउन नवयुग श्रेष्ठले ३३ औं र ४८ औं मिनेटमा गरी २ गोल गरे । एनआरटीका सेगुनले ५० औं मिनेटमा एक गोल फर्काएका थिए ।
 

  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News