Winamp windows Media Player Real Player QuickTime

भारतद्धारा क्लिन स्वीप

चैत्त ११
अष्ट्रेलियाविरुद्धको चार म्याचको टेष्ट श्रृखला भारतले क्लिन स्विप गरेको छ । चौथो टेष्टमा ६ विकेटको जित हात पारेसँगै भारतले श्रृखला ४(० ले जितेको हो । जितका लागि अष्ट्रेलियाले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य भारतले ४ विकेटको क्षतिमा भेट्टायो । भारतका चेतेश्वर पुजाराले ८२ रन जोडे भने विराट कोहलीले ४१ रन बनाए ।यसअघि तेस्रो दिन आफ्नो दोस्रो पारी थालेको अष्ट्रेलिया १ सय ६४ रनमा समेटिएको थियो । उसका लागि पिटर सिडेलले ५० रन बनाउनु बाहेक अन्यले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । उसका ६ ब्याट्सम्यान १० भन्दा कम रनमा नै आउट भएका थिए ।अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा भारतका रविन्द्र जडेजाले ५ विकेट लिए भने प्रज्ञान ओझा र आर आश्विनमा समान २(२ र ईशान्त शर्माले १ विकेट लिए ।यसअघि दिल्लीको फिरोजशाह कोटला मैदानमा ८ विकेटको क्षतिमा बनाएको १ सय ६६ रनबाट तेस्रो दिनको खेल थालेको भारत २ सय ७२ रनमा अलआउट भयो र १० रनको झिनो अग्रता लिएको थियो । अष्ट्रेलियाका सफल बलर नाथन लायनले २३ दशमलव २ ओभरमा ९४ रन दिएर ७ विकेट लिए । पहिलो पारीमा अष्ट्रेलियाले २ सय ६२ रन बनाएको थियो ।
 


  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News