Winamp windows Media Player Real Player QuickTime

एसीसी २० ट्वान्टी क्रिकेटमा नेपालको विजयी सुरुवात

१३ चैत
नेपालले ए सिसि ट्वान्टी ट्वान्टी क्रिकेट कपमा विजयी सुरुवात गरेको छ । काठमाडौमा आजबाट सुरु भएको उद्घाटन खेलमा नेपालले कमजोर मानिएको मालदिव्सलाई ७६ रनको फराकिलो अन्तरले पराजीत गर्दै विजयी यात्रा सुरु गरेको हो । किर्तिपुर क्रिकेट मैदानमा नेपालले जीतका लागी दिएको १ सय ७२ रनको चुनौती पछ्याउने क्रममा मालदिव्सले निर्धारित २० ओभरमा  ७ विकेट गुमाएर मात्र ९५ रन वनाउन सक्यो । सुरुवातदेखिनै दवावमा रहेको मालदिव्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान पारस खड्काले २ तथा शक्ति गौचन ,मञ्जित श्रेष्ठ,वसन्त रेग्मी र संजम रेग्मीले समान १ ÷१ विकेट लिए । यस अघि टस हारेर व्याटिङ गरेको नेपालले लागी प्रदिप ऐरीको अर्धसतयिक पारीको मद्यतले सम्मानजनक स्कोर खडा गरेको थियो । नेपालले निर्धारित ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ७१ रन वनाएको हो ।  प्रदिपले ४ छक्का र ८ चौकोको मद्यतले सर्वाधिक ५९ रन जोडे । त्यस्तै शरद भेष्वाकर ३६ तथा मञ्जित श्रेष्ठ २० रनमा अभिजित रहे । सुवास खकुरेल २६,विनोद भण्डारी १५,कप्तान पारस खड्का १० र ज्ञानेन्द्र मल्ल जम्मा २ रनमा पेलेलियन फर्किए । यो प्रतियोगिताको शीर्ष दुईमा परे नेपाल सन् २०१४ मा हुने ट्वान्टी ट्वान्टी विश्वकपको अन्तिम छनोटमा पुग्नेछ । दुई वर्षअघि नेपाली टोली काठमाडौंमै भएको एसीसी ट्वान्टीट्वान्टी क्रिकेटको तेस्रो संस्करणमा चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको थियो ।   आजै भएको अर्को खेलमा हङकङले मलेसियालाई ६ विकेटले पराजीत गर्यो । मलेसियाले दिएको १ सय ४ रनको चुनौती हङकङले १२ औभरमै ४ विकेट गुमाएर पुरा गर्यो ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 07:00 AM-07:15 AM
  • Next Program
  • Program Name: शुभ विहानी
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 07:15 AM-07:30 AM

Local News

Political News

International News

Sports News