Winamp windows Media Player Real Player QuickTime

एसिसि क्रिकेटमा हङकङ सेमीफाईनलमा

१६ चैत
एसिसी ट्वान्टी–ट्वान्टी क्रिकेटमा नेपाल रहेकै समुह एको हङकङ सेमिफाइनलमा पुगेको छ । माल्दिभ्सलाई १ सय ५३ रनको फराकिलो अन्तरले हराउदै हङकङ सेमिफाइनलमा पुगेको छ ।त्रिबी क्रिकेट मैदान किर्तिपुरमा पहिला ब्याटिङ गरी २० ओभरमा ४ विकेट गुमाउदै  १ सय ९८ रन बनाएको हङकङले माल्दिभ्सलाई १० ओभरमा ४५ रनमा अल आउट ग¥यो । यो सगै आफूले खेलेका तीनै खेल जितेको हङकङको ६ अंक छ ।यो समुहमा रहेका नेपाल र मलेसियाको समान २ खेलबाट २ अंक छ । तर रन रेटको आधारमा नेपाल दोश्रो स्थानमा छ । सेमिफाइनल पुग्ने संभावना कामय राख्न नेपालले शनिवार दिउसो सवा १ बजे हुने खेलमा मलेसियालाई हराउनु पर्ने छ । तेश्रो स्थानमा रहेको माल्दिभ्सले भने ३ खेलबाट २ अंक बटुलेको छ । यस्तै समुह बीको खेलमा ओमानलाई २६ रनले हराउदै कुवेतले पनि सेमिफाइनल पुग्ने संभावनालाई कायम राखेको छ । समुह बीमा कुवेतको ३ खेलबाट ४ अंक छ । पहिलो स्थानमा रहेको अफगानिस्तान र दोश्रो स्थानमा रहेको युएईले २ खेलबाट ४ अंक बटुलेका छन् ।
 

  • Program on air
  • Program Name: नेपालवाणी समाचार
  • Program Host:
  • Time duration: 06:00 PM-06:30 PM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM

Local News

Political News

International News

Sports News