Winamp windows Media Player Real Player QuickTime

नेपालद्धारा मलेसिया १९ रनले पराजीत

१७ चैत
एसीसी ट्वान्टी–२० कप क्रिकेटमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको छ । आजको जीतसंगै सेमीफाईनलमा प्रवेश गर्ने नेपालको सम्भावना वलियो वनेको छ ।  नेपालले प्रस्तुत गरेको १ सय ६४ रनको लक्ष्य पछ्याएको मलेसिया २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४४ रमा समेटियो । यसअघि पहिले व्याटिङ थालेको नेपालले कप्तान पारस खड्काको ८७ रनको मदतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । ५४ बलको सामना गरेका उनले ३ चौका र ११ चौका हाने । सुवास खकुरेलले २५ तथा विनोद भण्डारीले २० रन बनाए । अन्य व्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । पृथु बास्कोटाले ७, शक्ति गौचनले ६, चन्द्र साउद र ज्ञानेन्द्रले समान २–२ रन जोडे भने सरद भेसवाकर १ रनमा नै फभेलियन फर्किए । प्रदीप ऐरीले भने रनको खाता नै खोल्न सकेनन् । पारस खेलको म्यान अफ दि म्याच घोषित भए । नेपालले भोलि सिंगापुरसग खेल्दैछ। नेपालकै समूहमा रहेको हङकङ यसअघि नै सेमिफाइनल पुगिसकेको छ। आजै भएका अन्य खेलहरुमा ओमानले वहराईनलाई ६ विकेट ,हङकङले सिंगापुरलाई ३९ रन र युएईले अफगानिस्तानलाई ६ विकेटले पराजीत गरेका छन् ।
 

Local News

Political News

International News

Sports News