Winamp windows Media Player Real Player QuickTime

नेपाल सेमीफाईनलमा

१८ चैत
नेपाल एसिसी ट्वान्टी–२० कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा सिंगापुरलाई १ सय २१ को फराकिलो रनले पराजित गर्दै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । चार खेल मध्ये ३ खेल जितेको नेपाल समुह ए को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश सगै आजको जितपछि नेपाल ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटका लागि समेत छानिएको छ । अफगानिस्तान र युएई बाहेकका प्रतियोगिताको शीर्र्ष दुईका दुई टोली विश्वकप छनोट खेल्न पाउने प्रावधानसगैे सेमिफाइनलमा पुगेसगै नेपाल र हङकङको विश्वकप छनोटको टिकट पक्का भएको हो । समुह ए बाट चारै खेल जित्दै हङकङ यस अघि नै समुह विजेता बन्दै सेमिफाइलनमा प्रवेश गरिसकेको छ ।
विष्फोटक व्याटिङसगै आज नेपालले प्रस्तुत गरेको २ सय ११ रनको चुनौती पछयाउने क्रममा सिंगापुर १५ दशमलव १ ओभरमा अल आउट हुदै जम्मा ८९ रनमा समेटिन पुग्यो । नेपाली खेलाडी सामु सिंगापुरका खेलाडी निरिह देखिएका थिए । यस अघि टस जितेर पहिले व्याटीङ रोजेको नेपालले पुरा २० ओभरमा ५ .विकेट गुमाएर २ सय १० रन बनाएको छ । यो जारी प्रतियोगिता र टी ट्वान्टीमा नेपालको सबै भन्दा उच्च स्कोर हो । नेपालका लागि विनोद भण्डारीले अर्धशतकीय पारी खेल्दै ५४ रन बनाए भने, कप्तान पारस खड्काले ४४ ,  प्रदीप ऐरी र ज्ञानेन्द्र मल्लले समान ३०÷३० रन जोडेका छन । नट आउट रहदै शरद भेष्वाकरले २० र पृथु वास्कोटाले ९ रन बनाए । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा बसन्त रेग्मीले ३ र शक्ति गौचनले २ विकेट लिए भने कप्तान पारस खड्का , चन्द्र साउद , पृथु बास्कोटा र सागर पुनले समान १÷१ विकेट लिएका थिए । आजको खेलमा नेपालका ज्ञानेन्द्र मल्लले एक ओभरमा ३ छक्का प्रहार गरेका थिए । समग्रमा नेपालले आजको खेलमा १२ छक्का र १४ चौका प्रहार गरेको थियो ।


  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News