Winamp windows Media Player Real Player QuickTime

एसीसी टी ट्वान्टी क्रिकेटमा युएईलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

२० चैत
एसीसी ट्वान्टी २० कपको सेमिफाईनलमा यूएईलाई हराउदै नेपालले ऐतिहासिक जीत हात पारेको छ । करिव २० हजार दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदानमा नेपालले आजको जीतसंगै पहिलो पटक एसीसी ट्वान्टी २० कपको फाईनलमा प्रवेश गरेको हो । खेलमा पहिले टस रोजेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा नेपाललाई एकसय ३४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा नेपालले खेल सकिन पाँच बल बाँकी छँदै विजय लक्ष्य हासिल गरेको हो । नेपालको जितमा प्रारम्भि ब्याट्सम्यान प्रदीप ऐरी नायक रहे । उनले ५७ बलमा ५८ रन बनाए । नेपालले अब फाइनलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । यसअघि आजै भएको पहिलो सेमिफाइनलमा हङकङलाई सात विकेटले हराउँदै अफगानिस्ता फाइनलमा पुगिसकेको छ ।
 

  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News