Winamp windows Media Player Real Player QuickTime

फाईनलमा उपाधिका लागी नेपालले वान डे मान्यता अफगानिस्तानको सामना गर्दै

२१ चैत
एसिसी ट्वान्टी ट्वान्टी कप क्रिकेटको उपाधिका लागि नेपालले आज अफगानिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । खेल दिउसो सवा १ बजे किर्तिपुर मैदानमा हुनेछ । नेपाल युएईलाई ६ विकेटले हराउदै र अफगानिस्तान हङगकङगलाई ७ विकेटले हराउदै फाइनल पुगेका हुन् ।पहिलो पल्ट एसिसी ट्वान्टी ट्वान्टी क्रिकेटको फाइनलमा पुगेको र ट्वान्टी ट्वान्टीमा पहिलो पल्ट युएईलाई हराएर इतिहास बनाएको नेपाल सामु अफगानिस्तानलाई हराएर अर्को इतिहास रच्ने अवसर छ ।समूह चरणमा माल्दिभ्स, मलेसिया र सिंगापुर तथा सेमिफाइनलमा युएईलाई हराउदै फाइनल पुगेको नेपाल उच्च मनोब लिएर मैदानमा ओर्लदैछ । घरेलु मैदान र हजारौं समर्थकको साथ पाएका कारण पनि नेपाली टोली वान डे मान्यता प्राप्त अफगानिस्तानलाई जित्दै अर्को इतिहास रच्ने दाउमा छ ।तर तीन पल्टको च्याम्पियन अफगानिस्तानसंगको प्रतिस्पर्धा नेपालका लागि त्यति सहज भने नहुन सक्छ । अफगानिस्तानले यसअघि खेलेका तीन वटै ट्वान्टी ट्वान्टी खेलमा नेपाललाई हराएको थियो । जारी प्रतियोगितामा गरेको प्रदर्शन दोहो¥याए फाइनल जित्न सकिनेमा नेपाली कप्तान पारस खड्का आशावादी देखिएका छन् ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News