Winamp windows Media Player Real Player QuickTime

नेपाल दोश्रो स्थानमा

चैत २१
एसीसी ट्वान्टी ट्वान्टी क्रिकेटको फाइनलमा नेपाल अफगानिस्तानसंग ७ विकेटले पराजित भएको छ । युएईलाई सेमीफाईनलमा पराजीत गरेर पहिलो पटक फाईनलमा प्रवेश गर्दै इतिहास रचेको नेपालले अफगानिस्तालाई पराजीत गरेर अर्को इतिहास रच्ने सपना भने पुरा हुन सकेन् । अघिल्ला खेलहरुमा जस्तो व्याटिङ र बलिङ दुबै चल्न नसक्दा पहिलो पटक फायनल पुगेको नेपाल उपविजेतामा सिमित भएको हो । आजको जीतसंगै अफगानिस्तानले भने लगातार चौथो पटक एसीसी ट्वान्टीट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । नेपालले दिएको १ सय ३६ रनको लक्ष्य अफगानिस्तानले १७ दशमलब ५ ओभरमा ३ विकेट गुमाउदै पूरा ग¥यो । अफगानिस्तानका गुल्बादिन नइब ४३ र महम्मद नाबी ३८ रनमा नटआउट रहे भने करिम सादिकले ३२ रन जोडे । नेपालका पारस खड्का र शक्ति गौचनले १÷१ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्काले ५०, विनोद भण्डारीले ३२ र शरद भेष्वाकरले नटआउट २० रनको योगदान गरेपछि नेपालले खराब प्रदर्शनका बाबजुत राम्रो योगफल बनाएको हो । सुवास खकुरेल र र ज्ञानेन्द्र मल्ले १० रन बनाए । नेपालले १७ रन हुदा प्रदीप ऐरी र २३ रन हुदा ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो ।तर चौथो विकेटका लागि पारस खड्का र विनोद भण्डारीले ७१ रनको साझेदारी गर्दै नेपाली इनिङ उकासेका थिए । २ रन लिने क्रममा शरद भेष्वाकरसंग अल्मलिदा पारस आउट भएपछि नेपाली स्कोर पनि केही सुस्ताएको थियो । अर्को ओभरमा पृथु बास्कोटा पनि रन आउट भए । यसैविच, प्रतियोगितामा युएई तेश्रो भएको छ । किर्तिपुर मैदानमा भएको खेलमा युएईले हङकङलाई ३२ रनले हरायो । १ सय ६७ रनको लक्ष्य पच्छयाएको हङकङ १ सय ३४ रनमा समेटियो ।
 

Local News

Political News

International News

Sports News