Winamp windows Media Player Real Player QuickTime

पन्चकन्यामा विभिन्न खेल

२२ चैत
पन्चकन्या उच्च माविले स्वर्ण महोत्सवको अवसरमा आयोजना गरेका कार्यक्रम अन्र्तगत आज विभिन्न खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन्  । आज छात्राहरुको कवर्डी,रिले दौड,हाईजम्प र लङजम्प प्रतियोगिता भएका हुन् । कवर्डी तर्फ कक्षा ९ का छात्राहरु प्रथम भएका छन भने कक्षा १० का छात्राहरु द्धितिय भएका छन् । त्यस्तै रिले दौडको छात्र तर्फ कक्षा १२ प्रथम,कक्षा ९ द्धितिय र कक्षा ११ तृतिय भए  भने छात्रा तर्फ कक्षा ९,८ र १० क्रमस प्रथम ,द्धितिय र तृतिय भएका छन् । हाईजम्प तर्फ कक्षा ८ कि मुना वस्ताकोटी प्रथम,कक्षा ९ की विनु तामाङ द्धितिय र कक्षा ९ कि रोसनी लिम्वु तृतिय भए । छात्र तर्फ कक्षा १० का दिलिपवहादु विक,कक्षा ९ का शिसिर अम्गाई र कक्षा ६ का नरेश ठाकुर क्रमस प्रथम ,द्धितिय र तृतिय भए । लङजम्प तर्फ छात्रा तर्फ विनु तामाङ प्रथम,सन्जु अम्गाई र रोसनी लिम्वु द्धितिय र पासाङ लामा तृतिय भएका छन् छात्र तर्फ दिवस लामिछाने प्रथम,दिलिपवहादुर विक र अनिङ गुरुङ द्धितिय र शिसिर गुरुङ तृतिय भएका छन् । प्रतियोगिताको खेलकुद संयोजक लोकनाथ दाहालले संयोजन गर्नु भएको थियो ।
 

  • Program on air
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 08:00 AM-08:10 AM
  • Next Program
  • Program Name: नेपाली आधुनिक
  • Program Host:
  • Time duration: 08:10 AM-08:30 AM

Local News

Political News

International News

Sports News