Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा वैंग्लौरको जीत

२३ चैत
धु्रवराज खनाल
क्रिस गायलले सुरुदेखि अन्तिम ओभर सम्म नट आउट खेलेपछि रोयल च्यालेन्जर्स वैंग्लौरले इन्डियन प्रिमियर लिगमा गयराती रोमाञ्चक जीत हात पारेको छ । वैंग्लौरले जीत हात पार्दै विजयी सुरुवात गर्ने क्रममा मुम्वई इन्डियन्सलाई २ रनले पराजीत गरेको हो । वैंग्लौरले जीतका लागी दिएको १ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्वईले निर्धारित २० ओभरको खेलमा १ सय ५४ रन मात्र वनाउन सक्यो । यस अघि टस हारेर व्याटिङ गरेको वैंग्लौरले प्रारम्भिक व्याट्सम्यान क्रिस गायलको ९२ रनको मद्यतमा निर्धारित ओभरमा ५ विकेटको क्षतीमा १ सय ५६ रन जोडेको थियो । गाययले ५ छक्का र ११ चौकाको मद्यतमा ५८ वलमा ९२ रन वनाउँदै नट आउट रहे । मुम्वईलाई २ रनले पराजीत गर्ने क्रममा वैंग्लौरका विनय कुमारले ३ तथा मुरली विजयले  १ विकेट हात पारे । प्रतियोगिता अन्र्तगत आज सन राईजर्स र पुने वारियर्सबीच प्रतिस्पर्धा हुदैछ । सन राईजर्स कुमार सांगाकारा तथा पुने एगोला म्याथ्युजको कप्तानीमा मैदानमा उत्रदैछ । खेल नेपाली समय अनुसार राजिव गान्धी अन्तराष्ट्रिय स्टेडियममा राती सवा ८ वजेपछि सुरु हुने छ ।



 
  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News