Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा आज दुई खेल,सन राईजर्सद्धारा पुने पराजीत

२४ चैत
धुर्वराज खनाल
इन्डियन प्रिमियर लिगमा आजदेखि दुई वटा खेल हुदैछन् । पहिलो खेलमा दिल्ली डेयर डेविल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने छ । पहिलो खेलमा पराजीत भईसकेको दिल्ली माहेला जयवर्देनेको कप्तानी तथा राजस्थान राहुल द्रविडको नेतृत्वमा खेल्ने छ । खेल अपरान्ह सवा ४ वजे हिरोज शाह कोटला दिल्लीमा हुने छ । त्यस्तै दोश्रो खेलमा चेन्नेई सुपर किंग्स र मुम्वई इन्डियन्स भिड्ने छन् । चेन्नेईले प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो भने मुम्वईले यस अघि एउटा खेल गुमाई सकेको छ । चेन्नेई महेन्द्रसिंह ध्वनी तथा मुम्वई रिक्की पोन्टिङको कप्तानीमा खेल्नेछ । मा चिदम्वरम स्टेडियम चेन्नेईमा राती सवा ८ वजेपछि सुरु हुने छ । यस अघि गयराती भएको खेलमा प्रतियोगितामा डेव्यू गरेको सन राईजर्स हाईदरावादले पुने वारियर्सलाई पराजीत गर्दै सुखद सुरुवात गरेको छ । सन राईजर्सले दिएको १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा पुने वारियर्स १ सय ४ रनमा समेटियो ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News