Winamp windows Media Player Real Player QuickTime

बुढासुब्बा गोल्डकप फुटबल आजबाट सुरु

२४ चैत
बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण आजबाट धरानमा सुरु हँुदैछ । चैत ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ स्वदेशी, भुटान र भारतका एक–एक गरी ८ समूहले प्रतिस्पर्धा गर्ने भएका छन् । आज हुने उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब र भुटानको सीएफसी क्लब भिड्ने भएका छन् । खेल दिउँसो साढे २ बजेपछि सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित तीन लाख २५ हजार तथा उपविजेताले एक लाख ६२ हजार ५ सय पाउने भएका छन् । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकलाई नगद पुरस्कार दिइने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । एन्फा क्यालेण्डर अनुसार बुढासुब्बा गोल्डकप चैत १० देखि १७ गतेसम्म सञ्चालन हुनु पर्ने भएपनि काठमाण्डूमा ए डिभिजन लिग ढिलो भएकाले बुढासुब्बा पनि दुई साता ढिला सुरु भएको हो ।

 
  • Program on air
  • Program Name: Arpan Samachar
  • Program Host: News Desk
  • Time duration: 02:00 PM-02:15 PM
  • Next Program
  • Program Name: Arpan Samarpan
  • Program Host:
  • Time duration: 02:15 PM-03:00 PM

Local News

Political News

International News

Sports News