Winamp windows Media Player Real Player QuickTime

मुम्वईद्धारा चेन्नेई पराजीत,,आज पनि दुई खेल

२५ चैत
धुर्वराज खनाल 
इन्डियन प्रिमियर लिगको गयराती सम्पन्न भएको खेलमा मुम्वई इन्डियन्सले चेन्नेई सुपर किंग्सलाई ९ रनले पराजीत गरेको छ । प्रतियोगितामा पहिलो खेल गुमाएको मुम्वईले गयरातीको खेल जित्दै महत्वपुर्ण दुई अंक जोडेको छ । मुम्वईले जीतका लागी दिएको १ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नेईले निर्धारित ओभरमा ९ विकेट गुमाएर मात्र १३९ रन वनाउन सक्यो । चेन्नेईका महेन्द्रसिहं ध्वनीले अर्धसतकिय पारी खेलेपनि अन्य व्याट्सम्यान चल्न नसक्दा पहिलो खेलमै पराजीत हुन पुग्यो । यस अघि पहिलो व्याटिङ गरेको मुम्वईले ६ विकेटको नोक्सानीमा १ सय ४८ रन वनाएको थियो । मुम्वईका लागी किरण पोलार्डले नट आउट ५७ रनको पारी खेले । यस अघि हिजै भएको पहिलो खेलमा राजस्थान रोयल्सले दिल्ली डेयर डेविल्सलाई ५ विकेटले पराजीत गरेको थियो ।  यसैबीच प्रतियोगिता अन्र्तगत आज पनि दुई वटा खेल हुदैछ । अपरान्ह सवा चार वजे हुने पहिलो खेलमा पुने वारियर्स र किंग्स इलेभेन पञ्जाव भिड्ने छन् भने राती सवा आठ वजेपछि हुने दोश्रो खेलमा सन राईजर्स र रोयल च्यालेन्जर्स वैंग्लौरबीच प्रतिस्पर्धा हुने छ ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 07:00 AM-07:15 AM
  • Next Program
  • Program Name: शुभ विहानी
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 07:15 AM-07:30 AM

Local News

Political News

International News

Sports News