Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा आज राजस्थान र कोलकत्ता भिड्ने,,सुपर ओभरमा सन राईजर्स विजयी

चैत्र २६
धुर्वराज खनाल,रेडियो अर्पण,चितवन
इन्डियन प्रिमियर लिग(आईपिएल) मा आज एक मात्र खेल हुने भएको छ । राती सवा आठ वजेपछि हुने खेलमा राजस्थान रोयल्स र कोलकत्ता नाईड राईडर्सबीच प्रतिस्पर्धा हुने छ । पहिलो खेल जितेका दुवै टोली विजयी यात्रालाई निरन्तरता दिने कोसिसमा हुनेछन् । राजस्थान राहुल द्रविडको कप्तानीमा तथा कोलकत्ता नाईड राईडर्स गौतम गाँम्भिरको नेतृत्वमा मैदानमा उत्रने छ । यस अघि गयराती सम्पन्न खेलमा सन राईजर्स हैदरावादले रोमाञ्चक ढङ्गबाट सुपर ओभरमा खेल जित्दै दोश्रो जीत हात पारेको छ । सन राईजर्सले रोयल च्यालेन्जर्स वैंग्लौरलाई सुपर ओभरमा पराजीत गरेको हो । दुवै टिमले निर्धारित ओभरमा समान १ सय ३० रन वनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । सुपर ओभरमा सन राईजर्सले पहिले व्याटिङ गर्दै २० रन वनाएपछि जवाफी व्याटिङ गरेको वैंग्लौरले १५ रन मात्र जोडे पछि   सन राईजर्सले प्रतियोगितामा दोश्रो जीत दर्ता गर्दै शीर्ष स्थानमा रह्यो ।  त्यस अघि १ सय ३१ रनको लक्ष्य पछ्याएको सन राईजर्सले १ सय ३० रन वनाएपछि खेल ड्र भएको थियो । राजिव गान्धी स्टेडियममा टस जितेर पहिले व्याटिङ गरेको वैंग्लौरले ८ विकेट गुमाएर १ सय ३० रन वनाएको थियो । हिजै भएको पहिलो खेलमा किंग्स इलेभेन पञ्जावले पुने वारियर्सलाई ८ विकेटले पराजीत गर्दै विजयी यात्रा सुरु गरेको थियो ।
 

  • Program on air
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News