Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा आज दुई खेल,,कोलकत्तालाई हराउँदै राजस्थान पहिलो स्थानमा

चैत्र २७
धुर्वराज खनाल
इन्डियन प्रिमियर लिग(आईपिएल) क्रिकेटमा आज दुई वटा खेल हुदैछ ।  अपरान्ह सवा ४ वजे हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स वैंग्लौर र सन राइजर्सबीच प्रतिस्पर्धा हुने छ । दुई खेलमा एकमा जीत र एकमा हार व्योहोर्दै पाँचौ स्थानमा रहेको वैंग्लौरले लगातार दुई खेल जित्दै दोश्रो स्थानमा रहेको सनराइजर्सको सामना गर्न लागेको हो । त्यस्तै राती सवा ८ वजेपछि हुने दोश्रो खेलमा मुम्वई इन्डियन्स र दिल्ली डेयर डेविल्सबीच प्रतिस्पर्धा हुने छ । मुम्वईले खेलेको दुई खेल मध्ये एकमा जीत र एकमा हार व्यहोरेको छ भने दिल्लीले दुई वटै खेल गुमाएको छ । यस अघि गयराती सम्पन्न खेलमा कोलकत्ता नाईड राईडर्सलाई १९ रनले पराजीत गर्दै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानले जीतका लागी दिएको १ सय ४५ रनको लक्ष्य पछ्याउने क्रममा कोलकत्ता १९ ओभरमा अल आउट हुदै १ सय २५ रनमा समेटियो । कोलकत्ताको पारी ध्यस्त पार्ने क्रममा राजस्थानका केभन कोपेर र सिद्धार्थ त्रिभेदीले समान ३,३ विकेट हात पारे । टस हारे पहिलो व्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रनको स्कोर वनाएको थियो । राजस्थानका लागी व्रेड हगले नट आउट सर्वाधिक ४६ रनको योगदान गरे ।
 

Local News

Political News

International News

Sports News