Winamp windows Media Player Real Player QuickTime

थ्रीस्टारलाई ६० लाखको प्रायोजन

चैत २७
सहिद स्मारक ए डिभिजन लिगको उपाधि विजेता थ्री स्टार क्लवलाई लक्ष्मी बैंकले ३ वर्षका लागि ६० लाख रुपैयामा प्रायोजन गरेको छ । यससम्बन्धी सम्झौतामा आज सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले थ्री स्टार क्लवलाई वार्षिक  २० लाख रुपैया दिने छ । थ्रीस्टारले ए डिभिजन लिगको उपाधिसगै ७५ लाख रुपैया भित्रयाई सकेको छ ।यसअघि मेगा बैंक लिमिटेडले थ्री स्टार क्लवलाई १७ लाख ६५ हजार रुपैयामा प्रायोजन गरेको थियो । तर एक वर्र्षअघि नै मेगा बैंकले साथ छाडेपछि थ्री स्टार क्लव मुख्य प्रायोजक बिना नै थियो । थ्रीस्टारको सहप्रायोजकका रुपमा वेस्र्टन युनियन मनि ट्रान्सफर रहेको छ ।यो सम्झौतापछि थ्री स्टार क्लवले सवैभन्दा धेरै रकमको प्रायोजक पाउने क्लवको सूचिमा हिमालय शेर्पासग बराबरी गरेको छ । हिमालयन शेर्पा क्लवलाई पनि यति एयरले वार्षिक २० लाख रुपैयामा प्रायोजन गर्दै आएको छ । यसबाहेक हिम श्री इलेक्ट्रोनिक्सले जावलाखेल युथ क्लवलाई १८ लाख र नेपाल टेलिकमले नेपाल पुलिस क्लवलाई १६ लाख रुपैया तथा इन्भेष्टमेन्ट बैंकले फ्रेण्ड्स क्लवलाई १५ लाख रुपैयामा प्रायोजन गर्दै आएका छन् ।
 

  • Program on air
  • Program Name: Arpan Subha Sanjh
  • Program Host: Som Kumar
  • Time duration: 07:00 PM-07:30 PM
  • Next Program
  • Program Name: CIN Sajha Khabar
  • Program Host: CIN
  • Time duration: 07:30 PM-08:00 PM

Local News

Political News

International News

Sports News