Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा आज पञ्जाव र चेन्नेई भिड्दै

चैत्र २८
धुर्वराज खनाल
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज एक मात्र खेल हुदै छ । राती सवा आठ  वजेपछि मोहालीमा हुने खेलमा चेन्नेई सुपर किंग्स र किंग्स इलेभेन पञ्जावबीच प्रतिस्पर्धा हुने छ । समान १÷१ खेल खेलका पञ्जावले जीत हात पारेको छ भने चेन्नेईले पहिलो खेल गुमाएको छ । खेलमा पञ्जाव विजयी यात्रा जारी राख्न चाहन्छ भने चेन्नेईले पहिलो जीत दर्ता गर्ने धुनमा रहनेछ । पञ्जाव एडम गिलक्रिष्टको कप्तानीमा खेल्नेछ भने चेन्नेईको कप्तानी महेन्द्रसिंह ध्वनीले सम्हाल्ने छन् । यस अघि हिजो भएका खेलमा रोयल च्यालेन्जर्स वैंग्लौरले सन राईजर्स तथा मुम्वई इन्डियन्सले दिल्ली डेयर डेविल्सलाई पराजीत गरेका थिए । गयराती सम्पन्न खेलमा मुम्वईले दिल्लीलाई ४४ रनले पराजीत गर्दै पहिलो स्थानमा समेत उक्लिएको छ  । जीतका लागी मुम्वईले दिएको २ सय १० रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १ सय ६५ रन मात्र वनाउन सक्यो । दिल्लीका लागी डेविड वानरले ६१ रनको पारी खेलेपनि त्यो जीतका लागी पर्याप्त हुन सकेन । यस अघि टस जिती पहिले व्याटिङ गरेको मुम्वईले निर्धारित २० ओभरमा दिनेश कार्तिकको ८६ तथा रोहित शर्माको नट आउट ७४ रनको मद्यतले प्रतियोगितामा अहिले सम्मकै उच्च स्कोर २ सय ९ रन वनाएको थियो । मुम्वईसंग पराजीत भएसंगै दिल्लीले प्रतियोगितामा लगातार तेश्रो हार व्यहोरेको छ । हिजै भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स वैंग्लौरले सन राइजर्सलाई ७ विकले पराजीत गरेको थियो ।
 

  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News