Winamp windows Media Player Real Player QuickTime

चेन्नेईको फराकिलो जीत,,आज दुई खेल

चैत्र २९
धुर्वराज खनाल
इन्डियन प्रिमियर लिग क्रिकेटमा किग्स इलेभेन पञ्जावलाई १० विकेटले पराजीत गर्दै चेन्नेई सुपर किग्सले पहिलो जीत दर्ता गरेको छ ।  मुरली विजय र माईकल हस्सीको उत्कृष्ट साझेदारीसंगै पञ्जावले दिएको १ सय ३९ रनको लक्ष्य चेन्नेईले विना कुनै विकेटको क्षतीमा १६ वल वाँकी छदै पुरा गर्यो ।  विजयीले ५० तथा हस्सीले ८६ रनको जोड्दै नट आउट रहे । विजयले १ छक्का ३ चौको मद्यतमा ५० वलमा ५० रन  र हस्सीले २ छक्का ११ चौकाको मद्यतमा ५४ वलमा ८६ रन वनाएका थिए । यस अघि मोहालीमा टस हारेर व्याटिङ गरेको पञ्जाव १ वल वाँकी छँदा पुरै विकेट गुमाएर १ सय ३८ रनको मध्यम स्कोर वनाएको थियो । पञ्जावका लागी नमन बोहरा,डेविड हस्सी र जिएस मानबाहेक अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । प्रतियोगिता अन्र्तगत आज दुई वटा खेल हुदैछन् । अपरान्ह सवा चार वजे हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स वैग्लौर र कोलकत्ता नाईड राईडर्स भिड्ने छन् भने राती सवा आठ वजेपछि हुने दोश्रो खेलमा पुने वारियर्स र राजस्थान रोयल्स भिड्नेछन् । प्रतियोगितामा राजस्थान रोयल्स दोश्रो स्थानमा तथा रोयल च्यालेन्जर्स वैंग्लौर तेश्रो स्थानमा छन्। त्यस्तै  कोलकत्ता नाईड राईडर्स छैटौ तथा एक खेल पनि नजितेको पुने वारियर्स अन्तिम स्थानमा छ ।


Local News

Political News

International News

Sports News