Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा आज दिल्ली र सन राइजर्स भिड्दै

३० चैत
धुर्वराज खनाल
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज एक मात्र खेल हुदैछ । दिल्लीको फिरोज शाह कोटला स्टेडीयममा वेलुका सवा ८ वजेपछि हुने खेलमा दिल्ली डेयर डेविल्स र सन राइजर्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा तीन वटै खेल गुमाएको दिल्ली पहिलो जीत दर्ता गर्ने तयारीका साथ मैदानमा उत्रदै छ भने सन राईजर्स तेश्रो जीतको खोजीमा हुने छ । समान तीन खेल खेलेको सन राइजर्सले २ मा जीत र एकमा हार व्यहोरेको छ ।  अंक तालिकाका सन राइजर्स चौथो स्थानमा छ भने दिल्ली पुछारमा छ । प्रतियोगिता अन्र्तगत गयराती सकिएको खेलमा पुने वारियर्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजीत गर्र्दै पहिलो जीत दर्ता गरेको छ ।  राजस्थानले दिएको १ सय ४६ रनको लक्ष्य पुनेले ८ वल वाँकी छदा पुरा गर्यो । पुनेका लागी आरोन फिन्चले सर्वाधिक ६४ रनको योगदान गरे । यस अघि टस जितेर पहिले व्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ४५ रन वनाएको थियो । राजस्थानका लागी कप्तान राहुल द्रविडले अर्धसतकिय पारी खेलेका थिए । हिजै भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स वैंग्लौरले कोलकत्ता नाईड राईडर्सलाई ८ विकेटले पराजीत गरेको थियो । जीतपछि वैंग्लौर ६ अंकका शीर्ष स्थानमा यथावतनै छ ।  
 

  • Program on air
  • Program Name: ॐ ब्रम्ह सन्देश/प्रवचनमाला
  • Program Host:
  • Time duration: 04:00 AM-05:00 AM
  • Next Program
  • Program Name: प्रभात वाणी
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 5:30 AM-5:55 AM

Local News

Political News

International News

Sports News