Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा आज चेन्नेई र पुने भिड्दै

वैशाख २
धुर्वराज खनाल
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज एक मात्र खेल हुदैछ । मा चिदम्वरम् स्टेडीयममा वेलुका सवा आठ वजेपछि सुरु हुने खेलमा चेन्नेई सुपर किग्स र पुने वारियर्सबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा खेलेको तीन खेल मध्ये २ मा जीत र एकमा हार व्यहोर्दै ४ अंकसहित चेन्नेई अंक तालिकाको पाँचौ स्थानमा छ भने एक खेल वढि खेलेको पुने १ मा जीत,तीनमा हार सहित २ अंकका साथ अन्तिमबाट दोश्रो स्थानमा छ । चेन्नेईले आजको खेल जीतेमा चौथो स्थानमा पुग्ने छ भने पुनेले जीतेमा सातौ स्थानमा पुग्ने छ । यस अघि गयराती सम्पन्न खेलमा राजस्थान रोयल्सले किग्स इलेभेन पञ्जावलाई ६ विकेटले पराजीत गरेको थियो । जीतका लागी पञ्जावले दिएको १ सय २५ रनको स्कोर पछ्याउने क्रममा राजस्थाले ४ वल वाँकी छदा ४ विकेटको गुमाएर लक्ष्य पुरा गर्यो । राजस्थालाई जीत दिलाउने क्रममा सेन वाटसन ३२,ब्रेड हग १५ तथा अजान्के राहने ३४ र सन्जु सानसनले २७ रनको नट आउट पारी खेले । यस अघि  टस हारेर पहिलो व्याटिङ गरेको पञ्जाव १८ दशमलव ५ वलमा अल आउट हुदै १ सय २४ रनको मध्यम स्कोरमा समेटिएको थियो । हिजै भएको पहिलो खेलमा कोलकत्ता नाईड राईडर्सले सन राईजर्स हैदरावादलाई ४८ रनले पराजीत गरेको थियो ।
 

Local News

Political News

International News

Sports News