Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा आज दुई खेल,गयराती पुनेद्धारा चेन्नेई पराजीत

वैशाख ३
धुर्वराज खनाल
इन्डियन प्रिमियर लिग(आईपिएल) क्रिकेटमा आज दुई वटा खेल हुदैछ । पहिलो खेलमा किग्स इलेभेन पञ्जाव र कोलकत्ता नाईड राईडर्स तथा दोश्रो खेलमा रोयल च्यालेन्जर्स वैंग्लौर र दिल्ली डेयर डेविल्सबीच प्रतिस्पर्धा हुने छ । पहिलो खेल अपरान्ह सवा ४ वजे तथा दोश्रो खेल वेलुका सवा ८ वजेपछि सुरु हुनेछ । अहिले सम्म चार खेलेको कोलकत्ता २ मा जीत र २ मा हार व्याहोर्दै ४ अंकसहित अंक तालिकामा पाँचौ स्थानमा छ भने एक खेल कम खेलेको पञ्जाव १ मा जीत र २ मा हार व्याहोर्दै २ अंकको साथ अन्तिमबाट दोश्रो स्थानमा छ । त्यस्तै वैंग्लौर ५ खेल मध्ये ३ मा जीत र २ मा हार व्याहोर्दै ६ अंकसहित दोश्रो स्थानमा छ भने ४ खेल खेलेको दिल्लीले सवै खेल गुमाएको छ । उ अंक तालिकामा अन्तिममा छ । यसैबीच गयराती सम्पन्न खेलमा पुने वारियर्सले चेन्नेई सुपर किग्सलाई २४ रनले पराजीत गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको पुनेले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन वनाएको थियो । पुनेका लागी आरोन फिन्चले सर्वाधिक ६७ रनको योगदान दिए भने स्टेभेन स्मिथ ३९ रनमा नट आउट रहे । १ सय ६० रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको चेन्नेई सुपर किग्सले २० ओभर खेल्दै ८ विकेटको क्षतीमा मात्र १ सय ३५ रन वनाउन सक्यो । चेन्नेईका वद्रिनाथले ३४ रन वनाएपनि अन्य व्याट्सम्यानले सम्झन लायक प्रर्दशन गर्न सकेनन् ।
 

  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News