Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा आज पनि दुई खेल,,दिल्लीको लगातार पाँचौ हार

४ वैशाख
धुर्वराज खनाल
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुई वटा खेल हुदैछन् । अपरान्ह सवा चार वजेपछि हुने पहिलो खेलमा पुने वारियर्स र सन राईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने छ । अहिले सम्म पाँच खेल खेलेको  हैदरावाद  ३ मा जीत र २ हार व्यहोर्दै ६ अंकका साथ चौथो स्थानमा छ भने  समान खेल खेलेको पुने २ मा जीत र ३ मा हारसहित ४ जोड्दै अन्तिमबाट दोश्रोमा छ । त्यस्तै वेलुका सवा आठ वजेपछि हुने दोश्रो खेलमा दोश्रो स्थानमा रहेको मुम्वई इन्डियन्स र तेश्रो स्थानमा रहेको राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने छ । मुम्वई आजको खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको रोयल च्यालेन्जर्स वैंग्लौरलाई पछि पार्दै पहिलो स्थानमा उक्लने योजनामा छ भने समान ४ खेल खेलेको राजस्थान उसलाई रोक्दै अगाडी वढ्ने धुनमा हुनेछ । समान ६ अंक रहेपनि राजस्थान रन रेटमा मुम्वई भन्दा पछि छ । यस अघि गयराती सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली डेयरडेभिल्सलाई पराजीत गरेको छ । लगातार पाँचौ खेल गुमाउने क्रममा दिल्लीले सुपर ओभरमा हार बेहो¥यो । दुवै टिमले २० ओभरमा १ सय ५२ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । सुपर ओभरमा बेंगलोरले १५ रन बनायो भने दिल्ली ११ रनमा समेटियो । बेंगलोरका एबी डिभिलियर्सले लगातार दुई छक्का सहित १३ र क्रिस गेलले २ रन बनाए । जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले ११ रन मात्र जोड्न सक्यो । दिल्लीले सुपर ओभरमा दुई विकेट गुमाएको थियो । इरफान पठानले एक चौका र एक छक्का सहित ११ रन जोडेपनि डेभिड वार्नर र बेन रोहरर बिना रन आउट भएपछि दिल्ली हार ब्योहोर्न बाध्य भयो । जितपछि ६ खेलबाट ८ अंक जोडेको बेंगलोर अंक तालिकमा शीर्र्ष स्थानमा छ भने दिल्ली अंक बिहीन पुछारमा छ ।
 

  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News