Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा आज हैदरावाद र पञ्जाव भिड्दै,,दिल्लीको लगातार छैटौ हार

वैशाख ६
धु्रवराज खनाल
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि एक मात्र खेल हुने भएको छ । वेलुका सवा ८ वजेपछि हुने खेलमा सन राईजर्स हैदरावाद र किग्स इलेभेन पञ्जाव भिड्नेछन् । अहिले सम्म ६ खेल खेलेको हैदरावाद ८ अंकका साथ तेश्रो स्थानमा छ भने चार खेल खेल्दै ४ अंक वटुलेको पञ्जाव अंक तालिकाको छैटौ स्थानमा छ । यसैबीच दिल्ली डेयर डेविल्सले प्रतियोगितामा लगातार छैटौ हार व्यहोरेको छ । गयराती सम्पन्न खेलमा चेन्नेई सुपर किग्सले दिल्लीलाई ८६ रनको फराकिलो अन्तरले पराजीत गरेको हो । जीतसंगै चेन्नेई पाँच खेलमा ३ मा जीत र २ मा हार व्यहोर्दै ६ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।  चेन्नेईले दिएको १ सय ७० रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली १७ दशमलव ३ ओभरमा ८३ रनमा अल आउट भयो । दिल्लीको इनिङ धरासायी पार्ने क्रममा मोहित शर्माले ३ विकेट लिए भने रविचन्द्रन आश्विनले २ तथा रविन्द्र जडेजा,डरेन बाब्रो र अब्बाई मोर्केलले समान १÷१ विकेट लिए । यस अघि फिरोज शाह कोटला दिल्लीमा टस जितेर पहिले व्याटिङ गरेको चेन्नेईले निर्धारित ओभरमा ४ विकेटको क्षतीमा १ सय ६९ रन वनाएको थियो । चेन्नेईका लागी डेविड हस्सीले पुरै ओभर खेल्दै ६५ रनको योगदान दिए । त्यस्तै कप्तान महेन्द्रसिंह ध्वनीले ४४,सुरेश रैना ३०,मुरली विजयले १८ रन जोडेका थिए ।
 

  • Program on air
  • Program Name: Arpan Subha Sanjh
  • Program Host: Som Kumar
  • Time duration: 07:00 PM-07:30 PM
  • Next Program
  • Program Name: CIN Sajha Khabar
  • Program Host: CIN
  • Time duration: 07:30 PM-08:00 PM

Local News

Political News

International News

Sports News