Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा आज दुई खेल,सन राईजर्स शीर्ष स्थानमा

७ वैशाख
धु्रवराज खनाल
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज दुई वटा खेल हुदैछ । अपरान्ह सवा ४ वजेपछि इर्डन गार्डेन कोलकत्तामा हुने खेलमा कोलकत्ता नाईड राईडर्स र चेन्नेई सुपर किग्सबीच प्रतिस्पर्धा हुनेछ । समान ५÷५ खेल खेलका चेन्नेई ६ अंकका साथ चौथो स्थानमा छ भने ४ अंक जोडेको कोलकत्ता सातौ स्थानमा छ । त्यस्तै वेलुका सवा ८ वजेपछि हुने दोश्रो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स वैंग्लौर भिड्नेछन् । अहिले सम्म ५ खेल खेलेको राजस्थान ५ मा जीत र एकमा हार सहित ८ अंकका साथ दोश्रो स्थानमा छ भने राजस्थान भन्दा एक खेल वढि खेलेको वैंग्लौर समान अंकका साथ रन रेटका आधारमा तेश्रो स्थानमा छ । यसैबीच
सन राईजर्स हैदरावाद प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । गयराती सम्पन्न खेलमा किग्स इलेभेन पञ्जावलाई ५ विकेटले पराजीत गर्दै हैदरावाद शीर्ष स्थानमा उक्लिएको हो । हैदरावादको ७ खेलबाट ५ मा जीत र २ मा हारसहित १० अंक रहेको छ । जीतका लागी पञ्जावले दिएको १ सय २४ रनको मध्यम स्कोर पछ्याउने क्रममा सन राईजर्सले १८ ओभर ५ वलमा ५ विकेटको क्षतीमा पुरा गर्यो । सन राईजर्सका लागी हनुमा विहारीले सर्वाधिक ४६ रनको योग दान दिए । यस अघि टस जितेर पहिले व्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनको मध्यम स्कोर वनाएको थियो ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 07:00 AM-07:15 AM
  • Next Program
  • Program Name: शुभ विहानी
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 07:15 AM-07:30 AM

Local News

Political News

International News

Sports News