Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा आज पनि दुई खेल,,वैंग्लौर शीर्ष स्थानमा

८ वैशाख
धुर्वराज खनाल
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुई वटा खेल हुदैछ । पहिलो खेलमा अपरान्ह सवा चार वजेपछि मुम्वई इन्डियन्स र दिल्ली डेयर डेविल्स भिड्नेछन् । आज फराकिलो अन्तरले खेल जिते मुम्वई तेश्रो स्थानमा पुग्नेछ भने दिल्ली आज पहिलो जीतको खोजीमा हुने छ । ६ खेल खेलेको दिल्लीले लगातार हार व्यहोर्दै आएको छ भने दिल्ली भन्दा एक खेल कम खेलेको मुम्वईको ६ अंक छ । त्यस्तै वेलुका सवा ८ वजेपछि हुने दोश्रो खेलमा किग्स इलेभेन पञ्जाव र पुने वारियर्सबीच प्रतिस्पर्धा हुनेछ । अहिले सम्म पाँच खेल खेलेको पञ्जाव २ मा जीत र ३ वटा खेलमा हार व्यहोर्दै ४ अंकका साथ छैटौ स्थानमा छ भने एक खेल वढि खेलेको पुने वारियर्सले २ मा जीत र ४ मा हारसहित ४ अंक जोड्दै अन्तिमबाट दोश्रो स्थानमा छ । यसैबीच शनिवार रातीको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ । जितसंगै बेंग्लोर १० अंकसहित अंकतालिकाको शीर्र्ष स्थानमा उक्लिएको छ । १ सय १८ रनको लक्ष्य बेंगलोरले १७ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । बेंगलोरको जीतमा क्रिस गेलले नटआउट ४९, तिलकरत्ने दिलसानले २५ र सौरभ तिवारीले नटआउट २५ रनको योगदान गरे । एबि डिभिलियर्सले ७ र विराट कोहलीले १ रन मात्रै बनाउन सके । यसअघि पहिले ब्याटिङग गरेको राजस्थानले १९ दशमलव ४ ओभरमा सवै १० विकेट गुमाएर १ सय १७ रन मात्र बनायो । हिजै भएको पहिलो खेलमा चेन्नेईले कोलकत्तालाई ४ विकेटले पराजीत गरेको थियो ।
 

  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News