Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा आज चेन्नेई र राजस्थान भिड्दै

वैशाख ९
धुर्वराज खनाल
इन्डियन प्रिमियर लिग क्रिकेट अन्र्तगत आज हुने एक मात्र खेलमा चेन्नेई सुपर किग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुदैछ । समान ६ खेल खेलेका चेन्नेई ८ अंकसहित तेश्रो स्थानमा छ भने समान ८ अंक रहेको राजस्थान रन रेटमा चेन्नेई भन्दा पछि चौथो स्थानमा छ । आजको खेल जित्दै दुवै टोली पहिलो स्थानमा उक्लने  धुनमा रहनेछन् । खेल वेलुका सवा आठ वजेपछि चेन्नेईमा हुनेछ । यस अघि गयराती सम्पन्न खेलमा किग्स इलेभेन पञ्जावले पुने वारियर्सलाई ७ विकेटले पराजीत गरेको थियो । जीतसंगै पञ्जाव ६ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ । पुनेले जीतका लागी दिएको १ सय ८६ रनको लक्ष्य पञ्जावले एक वल वाँकी छँदा ३ विकेट गुमाएर पुरा गर्यो । पञ्जावका लागी डेविड मिलरले ८० तथा मन्दिप सिंहले ७७ रन वनाएर नट आउट रहे । अन्य व्याट्सम्यानले भने रामं्रो प्रर्दशन गर्न सकेनन् । यस अघि टस हारेर पहिले व्याटिङ गरेको पुने वारियर्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ८५ रन वनाएको थियो । पुनेका लागी आरोन फिन्चले ६४ रनको योगदान दिएपनि त्यो जीतका पर्याप्त हुन सकेन । हिजै भएको अर्को खेलमा मुम्वईलाई ९ विकेटको फराकिलो अन्तरले पराजीत गर्दै पहिलो जीत दर्ता गरेको थियो ।


  • Program on air
  • Program Name: कृषि सरोकार
  • Program Host: रन्जिता देवकोटा
  • Time duration: 07:30 AM-08:00 AM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 08:00 AM-08:10 AM

Local News

Political News

International News

Sports News